मेष- सानातिना काममा अल्झिनुपर्नेछ। धनमाल हराउन सक्छ, सचेत रहनुहोला। साथीभाइको सहयोग मिल्नेछ।
वृष- लेनदेनले विवादमा परिएला। चिताएको काम नबन्न सक्छ। मिहिनेतअनुसार फाइदा मिल्न मुश्किल छ।
मिथुन- धनलाभ हुनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ। उपहार पनि प्राप्त होला।
कर्कट- रमाइलो यात्राको योग छ। दाम्पत्य जीवन सुमधुर हुनेछ। अरूको भर नपर्दा राम्रो हुनेछ।
सिंह- खानपानमा ध्यान दिनुहोला। सानातिना काममा अल्झिनुपर्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
कन्या- अनावश्यक काममा दिन बित्नेछ। विवादमा परिएला। पारिवारिक साथ सहयोग मिल्नेछ।
तुला- नयाँ काममा हात हाल्ने राम्रो मौका छ। सोखले खर्च बढाउन सक्छ। प्रयत्न गरे फाइदा लिन सकिन्छ।
वृश्चिक- गरिरहेको कामवाट लाभ मिल्नेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।
धनु- आफन्तजनसँग भेटघाट हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ। पारिवारिक असमझदारी बढ्नेछ।
मकर- मुद्दा मामिलामा विजयी भइनेछ। व्यापार व्यवसायबाट फाइदा मिल्नेछ। आजको दिन मध्यमखालको छ।
कुम्भ- ठूलाबडाको सुझाव मान्दा राम्रो हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। लेनदेनका कारण विवादमा परिएला।
मीन- आँटे ताकेको काम बन्नेछ। नयाँ योजना बन्नेछ। नयाँ काममा लगानी गर्ने अवसर मिल्नेछ।