मेष- धनलाभ हुने योग छ। सोचेजस्तै रोजगारीको अवसर मिल्नाले मन प्रफुल्लित रहने छ। नसोची कसैलाई वचन नदिनु होला, समस्यामा पर्न सकिन्छ। नयाँ काम थालनी गर्ने समय छैन।
वृष- सहयोगीहरूको साथ रहँदा लाभ प्राप्त हुन सक्छ। दीर्घकालीन फाइदा हुने व्यवसायमा लगानी गर्दा राम्रो होला। भौतिक साधन पनि जुट्ने योग छ। व्यक्तित्वमा निखार आउने समय छ।
मिथुन- विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नु होला। तर, अनावश्यक भ्रमणतर्फ नलागेकै वेश। स्वास्थ्य कमजोर रहन सक्छ। तथापि, मिहिनेतको फल प्राप्त होला।
कर्कट- प्रयासका बावजुद उपलब्धी हासिल गर्न मुश्किल पर्ला। विवादमा पर्न सकिन्छ, सावधान रहनु होला। व्यावसायिक काममा व्यस्त रहने समय छ।
सिंह- आज स्वादिष्ट व्यञ्जनमा रमाउन पाइएला। एकपछि अर्को सफलता मिल्नाले मन प्रफुल्लित रहने छ। रोकिएका कामहरू फटाफट बन्न सक्छन्।
कन्या- भौतिक साधन प्राप्त हुने योग छ। तथापि, चिताएको काम पूरा नहुँदा कमजोर महशुस हुन सक्छ। लाभदायक काम प्रारम्भ गर्न नहिच्किचाएको राम्रो होला।
तुला- नसोचेको ठाउँबाट धन आर्जन हुन सक्छ। मनका त्रासका बावजुद सहयोगीहरूको साथले विभिन्न अवसर जुर्न सक्छन्। कृषि कर्ममा लाभ प्राप्त होला।
वृश्चिक- आम्दानीको नयाँ गोरेटो पहिल्याउन सकिने छ। काम नबन्दा मनमा उदाशीले घर गर्ला। अरूको काममै व्यस्त रहनु पर्दा आफूले चिताएका काम नबन्न सक्छन्।
धनु- दुर्घटनाको भय रहेकाले सवारी साधन चलाउँदा चनाखो रहनु होला। दीर्घकालीन काममा हात हाल्न ढिलो नगरेकै वेश। अवसरले पछ्याउने छन्।
मकर- धनलाभको योग छ। त्यसैले आम्दानीका स्रोतहरूमा ध्यान दिनु होला। ईर्श्या गर्नेहरूबाट सावधान रहनु होला। तिनले काम बिगार्ने प्रयत्न गर्न सक्ने छन्।
कुम्भ- आजको दिन उद्योग र व्यापारिक गतिविधिले विशेष लाभ देलान्। पारिवारिक वातावरण रमाइलो रहने योग छ। परोपकारका काममा मन जाला।
मीन- स्वास्थ्य कमजोर रहला। दायित्व थपिन सक्छ। अप्रिय समाचार सुन्नु पर्ला। स-साना कामले अल्झाउन सक्छन्।