मेष- सवारी साधन चलाउँदा अलि बढी सावधानी अपनाउनुहोला। रोकिएका काम बन्नेछन्। अरूको भर नपर्दा राम्रो हुने देखिन्छ।
वृष- दाम, इनाम कमाउने बेला छ। नयाँ काममा हात हाल्न हतार नगरेको वेश हुनेछ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
मिथुन- यात्राको योग छ। चिताएको काम पूरा हुन मुश्किल पर्न सक्छ। कुनै कुरामा धैर्य गर्नसके फाइदा हुनेछ।
कर्कट- मिहिनेतअनुसार फल पाउन मुश्किल पर्नेछ। आशा देखाउनेहरूको भर पर्दा धोका हुनसक्छ। समाजसेवामा मन लाग्नेछ।
सिंह- बन्न लागेको काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नसक्छ। आफन्तजनको सहयोग मिल्नेछ।
कन्या- स्वास्थ्य समस्या देखा पर्न सक्छ। व्यावसायिक काममा बाधा आउन सक्छ। दाम्पत्य जीवन सुखद बन्नेछ।
तुला- प्रयत्न गरेको काम बन्नेछ। काम बिग्रने डरले सताउनेछ। न्यून उपलब्धीमा चित्त बुझाउनुपर्ने समय छ।
वृश्चिक- तपाईंका विपक्षीले साथ दिएजस्तो मात्र गर्नेछन्, सजग रहनुहोला। खर्च बढ्नेछ। काममा व्यस्त रहने दिन छ।
धनु- विगतले सताउन सक्छ। व्यापार व्यवसायवाट सोचेजस्तो लाभ नमिल्न सक्छ। प्रयत्न गरेका काम नबन्न सक्छ।
मकर- अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। प्रतिस्पर्धामा विजयी भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
कुम्भ- लगानी र श्रम गरेअनुसार उचित मूल्य नपाइने समय छ। सामाजिक उत्तरदायित्व बहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
मीन- विपक्षीले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राख्नुहोला, शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ।