मेष- प्रयत्न गरे अप्ठ्यारा कामहरू सम्पन्न हुनेछन्। साथीभाइसँग रमाइलो भेटघाट र स्वादिष्ट भोजन पाइनेछ। आजको दिन मध्यम खालको रहनेछ।
वृष- नयाँ कामको अवसर मिल्नेछ। धनलाभ हुनेछ। पारिवारिक भेटघाट हुनेछ।
मिथुन- वैदेशिक रोजगारको अवसर आउन सक्छ। आयआर्जनमा सुधार हुनेछ। मनमा उत्साह र उमंग छाउनेछ।
कर्कट- मिहिनेतले विभिन्न अवसर प्राप्त हुनेछ। सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउने योग छ।
सिंह- आर्थिक कारोबार गर्दा सजगता अपनाउनु होला। टाढाको यात्राको योग छ। समय भने अनावश्यक दौडधुपमै बित्ला।
कन्या- दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ। प्रेम र मित्रताको सम्बन्ध सुमधुर हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्।
तुला- मिहिनेतअनुसार उपलब्धि हात पार्न सकिनेछ। व्यावसायिक क्षेत्रबाट फाइदा मिल्नेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्।
वृश्चिक- खर्च बढ्नुका साथै आर्थिक अभाव हुनेछ। प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। कामको चापबाट फुर्सद पाइनेछ।
धनु- बोलीको भरमा काम बन्नेछ। प्रशंसकहरू बढ्नेछन्। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ।
मकर- भौतिक साधन जुट्नेछन्। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।
कुम्भ- धन खर्च हुनेछ। व्यापार व्यवसायवबाट फाइदा पुग्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
मीन- वैवाहिक जीवनमा शंका र असमझदारी बढ्नेछ। काम बिग्रिने डरले सताइरहनेछ। बेसुरमा बचन दिनाले दुःख पाइनेछ।