मेष- लगानी गर्ने समय आएको छ। रोकिएका अधुरा काम शुरु हुनेछन्। मन प्रसन्न रहनेछ।
वृष- यात्राको योग छ। जटिल ठानिएको काम सम्पन्न हुनेछ। व्यावसायिक फाइदा हुनेछ।
मिथुन- ताकेअनुरुप काम नबन्नाले दिक्क लाग्नेछ। प्रेममा मनमुटाव आउन सक्छ। रमाइलो यात्रा गर्ने अवसर मिल्ला।
कर्कट- छोटो दूरीको लाभदायक यात्रा रहला। नयाँ कामको अवसर आउनेछ। वैवाहिक जीवनमा खटपट आउन सक्छ।
सिंह- महिला मित्रबाट सहयोग मिल्नेछ। सोचेका काम बन्नेछन्। सामाजिक प्रतिष्ठा कायम रहनेछ।
कन्या- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शुभसमाचार सुन्न पाइएला।
तुला- काममा ढिलासुस्ती हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। समाजसेवामा मन लाग्नेछ।
वृश्चिक- धनलाभ हुनेछ। नयाँ योजना बन्नेछ। धार्मिक यात्राको योग छ।
धनु- मनमा शान्ति छाउनेछ। घरायसी काममा समय बित्नेछ। पारिवारिक साथ सहयोग मिल्नेछ।
मकर- प्रेम जीवन सुखद रहनेछ। एकपछि अर्काे अवसर आउनले मन प्रसन्न रहनेछ। रमाइलो यात्रा होला।
कुम्भ- बोल्दा होश गर्नुहोला। रोकिएका काम पूरा हुनेछन्। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ।
मीन- शुभ समाचार सुन्न पाइएला। परीक्षामा उत्तीर्ण भइनेछ। मनमा हर्ष, उत्साह छाउनेछ।