मेष- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यावसायिक यात्रा होला। पारिवारिक वातावरण सुखमय रहला। लामो यात्राको प्रक्रिया शुरु हुने र लक्ष्यतर्फ अगाडि बढ्ने योग छ।
वृष- आजको दिन कुनै प्रलोभनमा नपर्नु होला। त्यसले अप्ठ्यारोमा पार्नेछ। आफ्नो स्वतन्त्रतामा बाधा पुग्न सक्ने भएकाले लोभ, प्रलोभनबाट टाढै रहनु होला। उद्योग र व्यापारमा लाभ प्राप्त होला। धन तत्काल खर्च गर्नुपर्ने योग छ।
मिथुन- श्रम र प्रयत्नको उचित मूल्य नपाइन सक्छ। उत्साहजनक समाचारले हर्ष बढाउनेछ। तथापि, चिताएको काम पूरा नहोला। कृषि र पशुपालनमा पनि खर्च बढ्ने योग छ।
कर्कट- आशा मारेको काम बन्नेछ। सानो प्रयासमा ठूलो सफलता मिल्ला। आम्दानी बढ्ने छ। नयाँ सवारी साधन खरिद गर्ने योग छ। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्न नहिच्किाउनु होला।
सिंह- धार्मिक अनुष्ठान र मांगलिक काम हुनेछ। व्यवसाय लाभदायी रहला। प्रशस्तै फाइदा हुने योग छ। गुरुजनको विशेष सहयोग मिल्ने छ। अवसरले पछ्याउनेछन्। आकस्मिक धन लाभ हुन सक्छ।
कन्या- निश्चय भएको काम साथीभाइले धोका दिँदा बिग्रिन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूबाट सावधान रहनु होला। गोपनीयतामा ध्यान दिनु होला। पुराना समस्या बल्झिन सक्छन्।
तुला- कीर्तिमानी काम सम्पन्न हुने योग छ। अवसरले आफैं पछ्याउने छन्। नयाँ काम शुरु गर्ने समय भने छैन। पारिवारिक जमघट होला।
वृश्चिक- कामबाट बढीभन्दा बढी लाभ होला। सामाजिक कार्यमा मन जाला। दिन मनोरञ्जनपूर्ण बित्नेछ। पढाइ लेखाइमा प्रगति रहला। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सहज होला।
धनु- एउटै कामबाट दोहोरो लाभ मिल्ने र विशेष योजना बन्ने योग छ। नयाँ ज्ञान सिक्ने मौका र पढाइमा प्रगति होला। प्रियजनसँगको भेटले मन आनन्दित रहला।
मकर- नयाँ काममा हात हाल्न अझै धैर्य गर्नु होस्। अहिलेकै काममा दत्तचित्त रहनु राम्रो हुनेछ। पीडा दिनेहरू सक्रिय छन्, सावधानी अपनाउनु होला।
कुम्भ- भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ मिल्नेछ। आफ्नो प्रतिभाअनुसारको अवसर हात पर्नेछ। सिर्जनशील काममा मन जानेछ।
मीन- व्यापारबाट फाइदा मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धामा सहजै विजयी भइएला। भौतिक साधन जुटाउने योग छ। कृषि र पशुबाट लाभ प्राप्त होला।