• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

‘उखु फल्ने ठाउँ’ अर्थात् टोखा कसरी बन्यो चाकुको राजधानी? (भिडियो स्टोरी)


शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित

काठमाडौं- माघे संक्रान्ति अर्थात् माघी पर्व नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका बस्ती चाकुको बास्‍नाले मग्मगाएका छन्। यो समयमा टोखा पुग्‍नुभयो भने चाकुको मिठो बास्‍नाले तपाईंको ध्यान तान्छ।

Advertisement

ध्यान मात्र होइन, बास्‍नालाई पछ्याउँदै जाने हो भने जो कोही पनि सहजै चाकु उद्योग पुग्‍न सक्छन्। माघे संक्रान्ति दुई दिन मात्र बाँकी रहँदा टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ। उनीहरूलाई बोल्नेसम्म पनि फुर्सद छैन।

‘पुस र माघ त हामीलाई बोल्ने फुर्सद पनि हुँदैन,’ टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्‍णबहादुर श्रेष्‍ठ भन्छन्, ‘माघे संक्रान्तिमा सबैलाई चाकु खानुपर्छ। त्यसमा पनि टोखाको चाकु यसै फेमस। नेपाल अधिराज्यबाट माग आउँछ। धेरै ठाउँबाट माग आउँदा हामीलाई भ्याइनभ्याइ हुन्छ।’

माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्तिमा विशेष रूपमा खाइने घ्यू चाकु, तिलको लड्डुसँगै स्थानअनुसार फरक-फरक परिकार खाने प्रचलन छ। तर, चाकुको लागि अहिले पनि टोखा उत्तिकै चर्चित छ। टोखामा उत्पादित चाकुको गुणस्तरमा कुनै शंका छैन। ‘हामी गुणस्तरमा कम्प्रोमाइज गर्दैनौं। त्यही नै विशेषता भएकाले हामी निर्यातमा अगाडि छौं। यहाँको चाकुका लागि देशभरबाट माग आउँछ,’ उनी भन्छन्।

उनका अनुसार टोखा नगरपालिका-२ र ३ मा मात्रै १४ वटा उद्योगले चाकु बनाउँदै आएको छ। टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यकाबाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत शहरमा पनि बिक्री हुँदै आएको छ।

यसरी नेपालमा मात्र होइन, टोखामा उत्पादित चाकु जापान र अस्ट्रेलियालगायत धेरै देशमा समेत उत्तिकै माग छ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु,’ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखामा झण्डै पाँच दशकदेखि चाकु उत्पादन हुँदै आएको छ। टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो, कालो, बम्बे, पुष्‍टकारी, भुजा र बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।

मंगलबारसम्म टोखा समाजमा आवद्ध १४ कम्पनीले ८५ हजार किलो चाकु बजार पठाइसकेका छन्।

नाम कायम राख्‍ने प्रयास

टोखामा कुनै समय उखु खेती हुन्थ्यो। उखुका निम्ति यो ठाउँ निकै प्रख्यात मानिन्थ्यो। समाजका अध्यक्ष श्रेष्‍ठका अनुसार यहाँ उखु उत्पादन धेरै हुने हुँदा उखुलाई पेलेर झोल निकाल्दै चाकु बनाउने गरिन्थ्यो। चाकु बनाउनु टोखाका बासिन्दाको परम्परा मात्र नभएर पुर्ख्यौली पेशासमेत हो, जसले आजसम्म निरन्तरता पाएको छ।

यो पेशा संरक्षण गर्न टोखावासी एकजुट भएका छन्। यो पेशा संरक्षणकै लागि’टोखा परम्परागत चाकु संरक्षण समाज’ नै गठन गरिएको श्रेष्‍ठ बताउँछन्।

समाज गठन मात्र नभई पुर्ख्यौली पेशालाई अहिलेका पुस्ताले संरक्षण गर्दै आएका छन्। अध्यक्ष श्रेष्‍ठ आफैंले बाउबाजेले सम्हाल्दै आएका उद्योगलाई निरन्तरता दिएका छन्।

उनी आफैंले ‘श्रीकृष्‍ण चाकु प्रोडक्सन प्रालि’ सञ्चालन गर्दै आएका छन्। चाकु बनाउने पेशा कृष्‍णसम्म आइपुग्दा ५ औं पुस्तामा हस्तान्तरण भइसकेको छ।

‘पुराना चाकु उत्पादकको सीप र योगदानलाई कदर गर्न हामीले निकै प्रयास गरिरहेका छौं,’ श्रेष्‍ठ भन्छन्, ‘पछिल्ला वर्षहरूमा विदेशबाट समेत टोखाको चाकुको माग बढ्दो रहेकाले गुणस्तरमा एकरूपता ल्याउनसमेत हामी जुटेका छौं।’

सानै उमेरदेखि चाकु बनाउन खप्पिस उनी पुर्ख्यौली पेशा सम्हाल्न पाउँदा गर्व गर्छन्। उनका अनुसार सिजनमा बिहान ४-५ बजेदेखि शुरु हुन्छ, चाकुको काम। साँझ ८-९ बजेसम्म उनी, परिवार र कामदारहरू सँगसँगै खटेका हुन्छन्।

चाकु उद्योग विशेष गरेर दुई महिना मात्र चल्छ। अरू समय मागको आधारमा बनाइन्छ। महिनामा ४-५ दिन चाकु बनाउने गरिन्छ। ‘यो सिजनेबल पेशा हो। नाफा-घाटाभन्दा पनि हाम्रो परम्परागत पेशा हो,’ उनी भन्छन्, ‘त्यसैले चाकु बनाउन रमाइलो लाग्छ।’

किन खाने चाकु?

चाकुको छुट्टै विशेषता छ। चिसोमा चाकु खाँदा शरीर न्यानो हुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले माघे संक्रान्तिमा यो गुलियो खाद्य पदार्थ अनिवार्य हुने गरेको श्रेष्‍ठको भनाइ छ। भन्छन्, ‘शरीरलाई न्यानो बनाउने मिठाइ हो यो। स्वस्थकर हुन्छ।’

त्यति मात्र होइन, नेवार समुदायमा चाकुको छुट्टै विशेषता छ। चाकु नेवारी शब्द हो। यसको अर्थ मिठो भन्‍ने हुन्छ। चाकु नेवार जातिको जन्मदेखि मृत्यु संस्कारसम्मै अनिवार्य मानिन्छ। अर्थात्, सुत्केरी हुँदा र आफन्तको मृत्यु हुँदासँगै अन्य केही संस्कारजन्य प्रयोजनमा चाकु खुवाउनैपर्ने मान्यता छ।

उखुलाई पेलेर बनेको सख्खरलाई पगालेर चाकु बनाइन्छ। उखुबाट बनेको चिनीले स्वास्थ्यलाई हानी गर्ने भए पनि चाकुले गर्दैन। स्वास्थ्यको दृष्‍टिकोणले पनि यो राम्रो मानिन्छ। बालबालिका, ज्येष्‍ठ नागरिक र सुत्केरीका लागि चाकु फाइदाजनक मानिन्छ।

शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.