मेष– नयाँ कामको शुरुवात नगर्दा वेश हुनेछ। काममा हैरानी खेप्नुपर्ला। पारिवारिक भेटघाट हुनेछ।
वृष– सामाजिक कार्यमा रुचि बढ्नेछ। सानातिना समस्या आइपर्नेछन्। पढाइ लेखाइमा प्रगति हुनेछ।
मिथुन– नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आत्मीयजनसँग भेटघाट होला।
कर्कट– गरिआएको कामवाट सफलता मिल्नेछ। विपक्षीहरू सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला।
सिंह– लगनशीलताले राम्रै उपलब्धि मिल्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।
कन्या– गरेका काममा माता पिताको सहयोग मिल्ला। मिहिनेतले विजय हासिल होला। रमाइलो यात्रा हुनसक्छ।
तुला– व्यावसायिक यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद रहला। सोचेअनुसारको काम बन्नेछ।
वृश्चिक– अनावश्यक लोभमा नपर्दा उत्तम हुनेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। धन खर्च हुनेछ।
धनु– लगानीअनुसारको उपलब्धी पाउन मुश्किल पर्नेछ। चिताएको काम पूरा नहुन सक्छ। असमझदारी बढ्न सक्छ।
मकर– आश मारेको काम बन्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।
कुम्भ– व्यवसायमा लाभ होला। गुरुजनको विशेष सहयोग जुट्नेछ। धन लाभ पनि होला।
मीन– साथीभाइबाट धोका होला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्। गोपनीयतामा ध्यान दिँदा राम्रो हुनेछ।