मेष- धन आर्जनको योग छ। चौपाया पालनबाट लाभै लाभ छ। सुखको अनुभूति, रमाइलोसँग दिन बित्नेछ।
वृष- जागिरमा सामान्य अवस्था रहे पनि विभिन्न कोणबाट लाभ हासिल होला। सहजै काम बन्ने भएकाले शरीर पनि फुर्तिलो रहला।
मिथुन- काममा अवरोध आउने योग छ। झमेलामा पर्ने भएकाले चिन्ता बढ्ने छ। आर्थिक हानी हुन सक्छ। खर्चमा नियन्त्रण गर्नु होला।
कर्कट- तपाईंको विचारले साथीभाइ प्रभावित होलान्। सम्पत्ति आर्जनसहित परोपकारमा मन जाला। दिन रमाइलोसँग बित्नेछ।
सिंह- टाढाको यात्रामा निस्किनुपर्नेछ। यात्रामा पनि लाभ हासिल होला। नसोचेको ठाउँबाट आय आर्जन हुनाले मन प्रफुल्लित रहला।
कन्या- यात्राको योग छैन। त्यसैले योजना नबनाएकै वेश। अकस्मात धनलाभको योग छ। आय आर्जनका काममा केन्द्रित रहनु होला।
तुला- समय व्यर्थमा खेर जाला। गरेका कामबाट उपलब्धी हासिल नहोला। आजको दिन अनावश्यक खर्चबाट बच्नु होला।
वृश्चिक- अवसरको खोजीमा झण्झटिलो यात्रा गर्नु पर्ला। घरमा पाहुना आउन सक्छन्। आफन्तजनको साथले मन प्रफुल्लित रहला।
धनु- अरूलाई साथ दिने समय छ। त्यसबाट मान सम्मान प्राप्त होला। खर्च बढी र स्वास्थ्य कमजोर रहला।
मकर- इष्टमित्रको साथ पाइएला। विपरीत लिंगीको सहयोगमा काम बन्न सक्छ। धन आर्जनको योग पनि छ। दिन मनोरञ्जनमा व्यतित होला।
मकर- साँझ तनावपूर्ण रहने छ। मित्र वर्गसँगको असमझदारीले समस्या खडा गर्ला। दिन प्रतिकुल छ, सावधानी अपनाउनु होला।
मीन- पेशामा समस्या, जागिरमा झमेलाको योग छ। सुख, दुःख, आँशु, हाँसो बराबरी प्रकृतिको दिन छ।