मेष- परिश्रमअनुसार उपलब्धी हुनेछ। रोकिएका काम पुनः शुरु हुनेछन्। दैनिक काम सन्तोषजनक रहने छन्। वैदेशिक लाभ प्राप्त होला।
वृष- खर्च गर्दा होस गर्नु राम्रो। खानपानमा सजग रहनुहोला। समय राम्रो छ तर खर्च र विवाद बढ्ने एवं शत्रुले सताउने योग छ।
मिथुन- धनलाभको योग छ। पढाइमा प्रगती र प्रतिभा देखाउने समय छ। प्रयत्न गरेका काम सफल हुनेछन्।
कर्कट- आय आर्जनको योग छ। नयाँ कामका लागि परिवारजनको परामर्श प्राप्त होला। नयाँ मित्रसँग चिनजान र रमाइलो यात्राको योग छ।
सिंह- यात्रा रमणीय र सुखद रहला। नयाँ काम पाउने योग छ। धन कमाउन सकिने छ। खेतीपातीबाट विशेष लाभ हुन सक्छ।
कन्या- स्वास्थ्य बिग्रिने जोखिम छ। अरूको भर पर्दा धोका पाइएला। टाढाको यात्रा नगर्नु वेश, व्यर्थमा खर्च हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ।
तुला- मातृधनबाट लाभ प्राप्त होला। बन्न लागेको काम बिग्रन सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिने छन्। मन द्विविधाग्रस्त रहनेछ।
वृश्चिक- सोचेअनुसार नै आय आर्जन होला। पठन-पाठनमा प्रगतिको योग छ। सन्तानबाट खुशीको खबर प्राप्त होला। धन आर्जनका नयाँ बाटा खुल्न सक्छन्।
धनु- नयाँ काम थाल्ने योग छ। जोश र जाँगर बढ्ने, कामहरू सजिलै बन्ने समय छ। इच्छाशक्ति पनि बढ्नेछ।
मकर- अनावश्यक वादविवादको योग रहेकाले बोल्दा विचार पुर्याउनु होला। पेशामा पनि केही समस्या देखापर्न सक्छ। परिवारमा मनमुटाव रहला।
कुम्भ- मन द्विविधा ग्रस्त रहनेछ। व्यापार र जागिर सन्तोषजनक रहला। नयाँ काम थाल्ने योग छैन। कामा हैरानीको सामना गर्नुपर्ला।
मीन- चलअचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी रहने छ। नजिकको यात्राको योग छ। घरमा पाहुना लाग्न सक्छन्।