मेष- खानपानमा ध्यान दिनुहोला। विभिन्न उपहार पाइनुका साथै आय आर्जन राम्रै हुनेछ।
वृष- वैदेशिक कार्यमा असफलता मिल्ला। धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ।
मिथुन- चिताएको काम बन्नेछ। धन लाभ होला। व्यापारिक वा दिनचर्या सन्तोषजनक रहनेछ।
कर्कट- पुराना साथीभाइसँग भेटघाट हुनेछ। आँटे ताकेको काम पूरा होला। यात्राको योग छ।
सिंह- रमाइलो यात्राको योग छ। हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ। पारिवारिक सुख मिल्नेछ।
कन्या- भौतिक सामानमा नोक्सानी बेहोर्नुपर्नेछ। आर्थिक अभाव देखा पर्न सक्छ। धर्मकर्ममा मन रमाउनेछ।
तुला- प्रयत्न गरे बाँकी रहेको काम बन्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। मान प्रतिष्ठा बढ्नेछ।
वृश्चिक- व्यापार व्यवसायबाट आम्दानी हुनेछ। उपलब्धीमूलक यात्रा हुन सक्छ। पढाइमा सफलता मिल्नेछ।
धनु- धन लाभ होला। सन्तान सुख मिल्नेछ। आफन्तजनको सहयोग मिल्नेछ।
मकर- मनमा अनावश्यक चिन्ता बढ्नेछ। चोट पटकको भय छ। हात हतियारबाट जोगिएर काम गर्नुहोला।
कुम्भ- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। काममा झमेला आइपर्ला। अल्छी बढ्नेछ।
मीन- दाम्पत्य सुखमा रमाउने समय छ। अधुरा काम बन्नेछन्। नयाँ काम पाउने योग छ।