मेष- नयाँ काम शुरु गर्ने योग छ। सोचेका काम पूरा हुँदा सुखानुभूति हुनेछ। आर्थिक कारोबार राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।
वृष- साथीभाइसँगको विचार विमर्शबाट धनलाभका नयाँ क्षेत्र पहिल्याउन सकिनेछ। आकस्मिक धनलाभको योग पनि छ। खानपानमा सावधानी अपनाउनु होला।
मिथुन- काममा विघ्नबाधा आउला। उपचारमा धन खर्च हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा ढिलासुस्ती हुन सक्छ।
कर्कट- आर्थिक पाटो सफल देखिन्छ। साथीभाइसँग भेटमा रमाउने समय छ। परिश्रमअनुसारको उपलब्धी हासिल होला।
सिंह- धनलाभ र प्रगतिको योग छ। पुराना इष्टमित्रहरूको साथ पाइएला। भेटघाटमा रमाउने योग छ।
कन्या- लाभदायक यात्रा रहला। सामान बिग्रिने र परिवारमा विवाद उत्पन्न हुने योग रहेकाले सावधानी अपनाउनु राम्रो हुन्छ। समाजमा मान सम्मान पाइएला।
तुला- अपेक्षाकृत काम नहुन सक्छ। बढ्दो खर्चका कारण मन बेचैन रहला। काम बिगार्न खोज्नेहरूमाथि प्रश्न गर्न नछाड्नु होला।
वृश्चिक- सम्बन्धमा सुधारको योग छ। बिहान सुखानुभूति र साँझ आलश्यले सताउला। आफन्तको सहयोगमा काम बन्ने योग छ।
धनु- शत्रु र रोगबाट छुटकारा पाउने योग छ। पैसा कमाउने योग पनि छ। आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी होला।
मकर- अधुरा काम पूरा हुने छन्। नयाँ काम थाल्ने योग छ। सन्तानले सुख दिने छन्।
कुम्भ- वादविवाद र झगडाको योग रहेकाले बोल्दा विचार पुर्याउनु होला। अनिर्णयको बन्दी बन्नु पर्ला। काममा अवरोध आउनाले मनमा अशान्ति उत्पन्न होला।
मीन- लाभ हानी, सुख दुःख बराबरीको समय छ। तथापि, सम्मान पाउने योग पनि छ। नोकरी र राजनीतिमा बर्चस्व जमाउने प्रयास नछाड्नु होला।