मेष- तपाईंको अन्तरज्ञानले तपाईंको पूरै दिशा बदलिएको संकेत गर्दैछ। यो ट्रेन्डले तपाईंको साझेदारहरूलाई प्रभावित गर्नेछ। तपाईंको यो बदलाव कसैको बदलिँदो रायबाट प्रभावित भइरहेको छ।
वृष- तपाईंको घरपरिवारलाई यति धेरै ग्रहहरूले प्रभावित गरिरहेका छन् कि कहाँबाट शुरु गर्ने भन्ने जान्न पनि मुश्किल छ। त्यसैले तपाईंले आफ्नो आधार अर्थात मूल के हो भन्ने जान्नु जरुरी छ।
मिथुन- पछिल्ला दिनमा तपाईं ज्यादा वाकपटु बन्दै जानु भएको छ। त्यो तपाईंको राशिको चरित्र पनि हो। र, त्यसले शुभफल पनि प्राप्त गर्दैछ। प्रतीक्षा गर्नुहोस्।
कर्कट- अहिले तपाईंको भरोसा आफ्ना साथीभाइ देखिन्छन्। त्यसैले उनीहरूसँगको विश्वास कायम राख्नु जरुरी देखिन्छ।
सिंह- अब तपाईंका लागि सहायक र आशावान ग्रहहरूको संख्या चार पुगेको छ। वास्तवमा यतिबेला सबैभन्दा राम्रो काम नगर्ने कुनै बहाना छैन। त्यसैले पुराना समस्याहरूको नयाँ समाधान खोज्नुको विकल्प देखिँदैन।
कन्या- तपाईंको सौर्य चार्ट विचारशील तर सेवा निवृत्त हुने अवस्थामा छ। त्यसैले सबै संयुक्त वित्तीय व्यवस्थापनमा खुला र इमानदार रहनु नै अहिलेका लागि हितकर छ।
तुला- तपाईंको साझेदारी राम्रोसँग चलिरहेको देखिन्छ। तर, तपाईं त्यो महशुस नगरी भावनात्मक निर्भरतातर्फ बढिरहेको देखिन्छ। सावधानी अपनाउनु होला।
वृश्चिक- तपाईंको आर्थिक संकट विस्तारै सुल्झिँदै गएको छ। र, तपाईंको परिवार सहजतातर्फ अगाडि बढेको हुनुपर्छ।
धनु- सबै तनाव दिने र आकस्मिक विषयबाट ब्रेक लिनुहोस्। र, कानून, उच्च शिक्षा र यात्रा रोमाञ्चकतामा ध्यान दिनुहोस्।
मकर- तपाईं व्यावसायिक दृढताका साथ उभिएको देखिन्छ। यतिबेला तपाईंको प्रेरणा र इमानदारीले सबैभन्दा ठूलो महत्त्व राख्छ।
कुम्भ- एक नयाँ अदभूत दोस्ती या साझेदारी तपाईंको पेशेवर आशाहरूलाई परिवर्तन गरिरहेको छ। अहिले तपाईं अन्य साथीभाइ आफ्नो सपना पूरा गर्न कति मूल्यवान छन् भन्ने थाहा पाइरहनुभएको छ।
मीन- तपाईंसँग समय खेर फाल्ने बेला छैन। तर, आगामी दुई महिना ब्रेकको कुनै समय मिलाउनुभयो भने लामो यात्रामा निस्किनु श्रेयष्कर हुनेछ। र, फर्केर आफ्नो क्षितिजलाई व्यापक बनाउने प्रयत्न गर्नुहोस्।