काठमाडौँ । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलकामाथि बलात्कार आरोप लागेसँगै पक्राउ परेका छन् । जारी विश्वकप खेल्न अष्ट्रेलिया पुगेका उनलाई सिड्नीमा पक्राउ परेको समाचारमा जनाइएको छ ।
Advertisement
क्रिकेटका समीक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सञ्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको जनाएको हो ।
उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको हो ।