• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

तोरीको तेलले प्रसिद्ध खोकनामै विदेशी तोरीको दबदबा


बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौं- परम्परागत तोरीको तेल उत्पादनमा ख्याति कमाएको ठाउँ हो खोकना। ललितपुर महानगरपालिका-२१ मा रहेको खोकोना अहिले भने पहिलेको जस्तो न तोरीले पहेँलपुर छ न त तोरी पेल्न रातभर जागा नै रहन्छ।

प्रविधिको विकाससँगै तोरी पिल्ने कोल पनि हराउँदै गए। तोरी साट्ने चलन हराउँदै गयो। धेरैले त कृषि पेशा छोडेर व्यापार गर्न थाले।

अहिले खोकनाका फाँटहरू मंसिरमा धान काटेपछि धेरैजसो बाँझो नै रहन्छन्। त्यसमा पनि कमैले मात्र आफ्नो घरको लागि तेल निकाल्न तोरी लगाउने गरेका छन्।

खोकनावासी कोलमा पेलेको तोरीको तेल बिक्री गर्न काठमाडौं उपत्यका मात्र होइन, दामन, टिस्टुङ र खोपासीसम्म पुग्ने गर्थे। खोकनावासीको मुख्य पेशा कृषि नै थियो। अहिले पनि छ तर पहिलाको जति भने छैन।

तोरीको तेल उनीहरूको जीविकोपार्जनको मुख्य आधार थियो। यसका साथै धान, घैया, मकै, जौ, पशुपालनबाट केही आम्दानी लिन्थे। तर, हिजोआज खोकनामा स्थानीय शुद्ध तोरीको वास्‍ना हराइसकेको छ।

विसं १९९८ तिर जन्मिएका भीमलाल महर्जनलाई तीन रुपैयाँ मानो तोरीको तेल किनेर खाएको सम्झना ताजै छ। उनका पालामा खोकनामा तोरीको तेलसँग तोरी नै साट्ने चलन थियो। ‘एक माना तोरीको तेलसँग पाँच, छ माना तोरी साट्न पाइन्थ्यो। त्यही साटेर ल्याएको तोरी पेल्दै, तेलसँग साट्दै गर्ने गरिन्थ्यो,’ उनले भने।

भीमलालले हाँस्दै भने, ‘पहिला सक्कली तेल पाइन्थ्यो अहिले नक्कली छन्। हाम्रा कोलमा पेलेको तेल हुन्थ्यो। त्यो बेला तीन रुपैयाँमा किनेर खाएको तेल अहिले एक लिटरको ४१० रुपैयाँ तिरेर खाइरहेको छु, त्यो नि कहाँ शुद्ध हुनु पहिलेको जस्तो।’

खोकनामा अहिले निजी र सहकारीमार्फत सञ्‍चालन भएका तोरी मिलहरू पाँचवटा भन्दा धेरै छन्। एकाधबाहेक अन्यमा परम्परागत कोल छैनन्। कोल भएकाहरूले पनि आधुनिक मिलमार्फत तोरी पेल्ने गर्छन्।

सिकाली बहुउद्देश्यीय सहकारीमार्फत सञ्‍चालित तोरी मिलले दैनिक ३५० लिटर तेल उत्पादन गर्दै आएको छ। परम्परागत तोरी पेल्ने मिल धमिराले खाएर नयाँ बनाइएको हो।

अहिले कसैले पुरानो कोलमा पेलेको तेल नै माग गरे मात्रै पेलेर दिने गरिएको सहकारीका कार्यालय सहायक धर्मभक्त महर्जनले बताए।

आफ्नो इतिहास परम्परा जगेर्ना गर्नुपर्ने भए पनि कोलमा पिनेको तोरीको तेलले बजारको माग धान्‍न नसक्ने उनको भनाइ छ।

२०१४ सालमा जन्मेका शिवलाल महर्जनका बुवाका पालासम्म तोरीको तेल पेल्ने काम गरिएको थियो। उनी भने धान, मकै, घैया लगाएर खेतीपातीमै रमाए।

सानैदेखि खोकनाकै तेल खाएका शिवलाललाई खोकनाको तेल तिख्खर लाग्छ। उनले देखेको तेल पेल्ने मेसिन अहिलेको जस्तो बिजुलीबाट चलेको थिएन। ‘ठूलो, लामो काठ। ८-९ जना मिलेर पेलेको। मिलवरिपरि तेलको मगमग वास्‍ना आउँथ्यो। उहिलेका बुढापाकाले मज्जाले धेरै समय लगाएर पेल्ने गर्थे। अहिले मेसिनले पेलेको त्यहीमाथि यहाँ नै उत्पादन भएको तोरी होइन, पहिला र अहिलेमा स्वाद धेरै फरक छ,’ उनले भने।

विदेशी तोरीकै भर

खोकनामा सञ्‍चालित तोरी मिलहरूले वैशाख, जेठ महिना तोरीको सिजन भएकाले नेपालको तराई, डोटी, मकवानपूरबाट तोरी ल्याउने गर्छन्।

तोरीको सिजन सकिएपछि भने भारत, क्यानाडा, अस्ट्रेलियाबाट समेत तोरी आयात गर्ने गरिएको तेल उत्पादन गर्दै आएको योगदान सहकारीको भनाइ छ।

खोकनामै उत्पादन भएको तोरीबाट तेल निकालेर बेच्न सकिने सम्भावना छैन। खोकनाको तोरीको भरमा एक महिना पनि मिल चलाउन नसकिने सहकारीले जनाएको छ।

तस्बिरहरू : तीर्थमाया तामाङ/नेपाली हेडलाइन

विदेशी तोरीको वास्‍ना कम आउने भएकाले स्वदेशको तोरी मिसाएर पेल्नुपर्ने अवस्था छ। स्वदेशी तोरी किन्छु भन्दा पनि पाउन निकै गाह्रो हुने मिल सञ्‍चालकहरू बताउँछन्।

खोकनाको उब्जाउ हुने फाँटमा रेस्टुराँ, माछा पोखरी र पक्की घरहरू बन्‍ने क्रम जारी छ। जमिन प्लटिङ र पानीको अभावका कारण खोकनामा अहिले पहिलाजस्तो तोरीको खेती हुँदैन। तोरी लगाएकाहरूले पनि आफूलाई मात्र पुग्ने गरी लगाउने गर्छन्। भुटेको र काँचो तोरीको तेल काठमाडौं उपत्यकामा मात्र होइन, बाहिरी जिल्लाबाट पनि विस्तारै माग बढ्दो क्रममा छ।

माग बढे पनि तोरी ढुवानी गर्न समस्या रहेको मिल सञ्‍चालकहरू बताउँछन्। तोरीको तेलको कारण प्रसिद्धी कायम गरेको खोकनालाई पुरानै अवस्थामा फर्काउन उत्पादन हुने जमिनको प्लटिङ रोक्नुपर्ने र यहाँकै कृषकलाई तोरी उत्पादनका बढावा दिने खालका कार्यक्रमहरूमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासी बताउँछन्।

बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.