• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मुगल शासकले भित्र्याएका थिए भारतमा पटाका


    Avatar photo
मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित

 

Advertisement

नयाँदिल्ली– खासगरी नेपाल र भारत अनि हिन्दू धर्मावलम्बीको बसोवास रहेका मुलुकमा यतिबेला दीपावलीको रौनक छ। प्रकाश र फूलको पर्वका रूपमा दीपावली मनाइन्छ। साथमा आतिशबाजी र पटाकाको पनि यो पर्वमा विशेष महत्त्व छ।

विष्फोटक पदार्थ प्रयोग हुने भएकाले पटाकाको बिक्री वितरणमा कडाइ छ। तैपनि, लुकाइछिपाइ पटाकाको बिक्री वितरण र प्रयोग हुने गर्छ, दीपावलीमा।

सन् २०१७ को दीपावलीका ठीक अगाडि भारतको सर्वोच्च अदालतले दिल्ली नेसनल क्यापिटल रिजन (एनसीआर)मा पटाकाको बिक्री वितरणमा रोक लगायो। सर्वोच्चको फैसलामा पुनरावलोकन निवेदन दर्ता भयो। तर, अदालतले आफ्नै फैसला बदलेन।

सोही घटनाक्रमलाई लिएर बीबीसी हिन्दी सेवाले आफ्ना पाठकमाझ गरेको कुराकानीमा धेरै जानकारी हासिल भएको थियो। त्यसक्रममा सर्वसाधारणले दिल्लीको प्रदूषणमा पटाकाको हिस्सेदारीबारे जिज्ञासा राखेका थिए। कतिपयले पटाकाको कारोबारमा लागेका मानिसलाई अदालतको फैसलाबाट कस्तो नोक्सानी हुनेछ भन्ने जान्न चाहेका थिए। कुराकानीमा सहभागी सबैजसोको चासो भने पटाकाको इतिहासबारे जानकारी हासिल गर्नमा थियो।

यसको पहलु खोतल्दै जाँदा मिथकहरू र प्राचीन ग्रन्थहरूमा पटाकाको प्रयोग भएको कतै उल्लेख छैन। तथापि, ती ग्रन्थहरूमा दीपावली मनाइने गरेको तथ्य भने सामेल छन्। प्राचीनकालमा दीपावली शान्त ढंगबाट मनाइन्थ्यो।

बीबीसी टिमको अध्ययनमा पटाका पड्काउने चलन चिनियाँ परम्परा रहेको तथ्य फेला पर्‍यो। चिनियाँ समाजमा पटाका पड्काउँदा खराब आत्मा, विचार र दुर्भाग्य टाढा भाग्ने र सौभाग्य प्रबल हुने मान्यता रहिआएको छ।

यही विचार भारतमा आतिश दीपांकर नामक बंगाली बौद्ध धर्मगुरुले १२ औँ शताब्दीमा भित्र्याएको पाइयो। उनी शायद चीन, तिब्बत र पूर्वी एसियामा सिकेर आएका थिए, त्यस्तो विचार। हिन्दू धर्मशास्त्रमा त दुर्भाग्य ल्याउने विश्वास गरिएकी निऋतीलाई पनि देवी मानेको छ, ऋग्वेदले र नौ दिशाका स्वामी अर्थात् दिकपालमध्ये एकको दर्जा दिएको छ।

निऋतीको प्रार्थनामा भन्ने गरिएको छ, ‘हे देवी अब जाऊ, फर्केर नआऊ।’ ऋग्वेदले उनलाई पटाका पड्काएर, डर र धम्की दिएर भगाउनु भनेको छैन। तथापि, भारत प्राचीन कालमै प्रकाश र चर्को आवाज निकाल्ने यन्त्रहरूका कारण परिचित थियो। भारतमा प्रचलित दुई हजार वर्षभन्दा पुराना मिथकमा त्यस्ता यन्त्रको वर्णन पाइन्छ।

इसापूर्वमा रचित कौटिल्यको अर्थशास्त्रमा पनि एक यस्तो चूर्णको विवरण उल्लेख छ, जो तीव्र रूपमा जल्थ्यो। बंगालको वर्षायाम समाप्त हुनासाथ जमिनमा लवण जम्मा हुन्थ्यो, सोही लवण पिस्दा तीव्र गतिमा जल्ने चूर्ण बन्थ्यो। त्यसमा कोइला र गन्धकको केही मात्रा मिश्रित गरिदियो भने त्यसको ज्वलनशीलता अझ बढ्थ्यो। तथापि, त्यस लवणलाई वैद्यहरूले अनेक बिमारी ठीक गर्ने औषधिमा पनि प्रयोग गर्थे।

भारत मात्र किन, विश्वका अधिकांश मुलुकमा त्यो चूर्ण र त्यसबाट बन्ने बारुद पाइन्थ्यो। कालान्तरमा त्यो लवण पटाका बनाउन प्रयोग हुन्छ भन्ने अनुमान पनि थिएन। प्रचीन धर्मग्रन्थमा घरको गेटमा दियो बाल्ने र त्यसमा घिउको प्रयोग हुने उल्लेख पाइन्छ। तर, पटाका पड्काइएको कतै उल्लेख छैन।

सबैतिर पाइने बारुद त्यस्तो ज्वलनशील पनि थिएन, जसको प्रयोग दुष्मनलाई ठाउँको ठाउँ ठहरै पार्ने गरी प्रयोग होस्। सोही प्रकारको बारुदबारे सन् १२७० मा सिरियाका रसायनशास्त्री हसन अल रम्माहले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। र, उनले बारुदलाई तातोपानीले शुद्ध बनाएर ज्यादा विष्फोटक पदार्थ बनाउन सकिने बताएका छन्।

सन् १५२६ मा काबुलका सुल्तान बाबरले मुगल सेनासँग मिलेर दिल्ली सल्तनतमाथि आक्रमण गरे। त्यतिबेला बाबरका सेनाले प्रयोग गरेको बारुदी तोपको आवाज सुनेर दिल्ली सल्तनदका सेनाको होश हवास उडेको वर्णन पाइने इतिहासकारहरू बताउँछन्। यदि त्यसअघि नै भारतका मन्दिर र सहरहरूमा पटाका पड्काउने चलन हुन्थ्यो भने बाबरका सेनाको बारुदी तोपको आवाज सुनेर दिल्ली सल्तनतका सेनाको होश हवास उड्दैनथ्यो। अर्थात्, भारतको भूमिमा पहिलोपटक बारुदी तोपको आवाज बाबरले नै भित्र्याएका थिए।

अधिकांश जानकारको मतमा पटाका र आतिशबाजीको चलन मुगलहरूले नै भारतमा भित्र्याएकामा सहमत देखिन्छन्। तर, कतिपय जानकार त्यस जानकारीलाई पनि अधुरो माान्छन्।

मुगलकालीन इतिहासमा प्राध्यापक नजफ हैदरको भनाइमा मुगल बादशाहहरूको भ्रमणमा आतिशबाजी र पटाकाको खुबै प्रयोग हुन्थ्यो। तथापि, मुगलले नै पटाका भित्र्याएको बुझाई सही नहुने उनी बताउँछन्। उनको मतमा त्यसअघि नै भारतीय भूमिमा पटाका भित्र्याइएको थियो।

जस्तो- मुमताज महल र सम्राट शाहजहाँको ज्येष्ठ पुत्र दारा शिकोह (जन्म २० मार्च १६१५, हत्या १० सेप्टेम्बर १६५९)को विवाहका चित्रहरूमा पनि पटाका पड्काउँदै हिँडेका मानिस रेखांकित पाइन्छन्। दारा शिकोह औरंगजेबका जेठा दाइ पनि हुन्।

यस्तै, दिल्ली सल्तनतमा तुगलक वंशका शासक फिरोह शाह (सन् १३०९-१३८८) को समयमा पनि खुबै आतिशबाजी हुने गरेको इतिहासमा उल्लेख छ।

गन पाउडर धेरैपछि भारतमा भित्रिएको हो। तर, मुगलहरू भन्दा पहिले नै पटाका भारतमा भित्रिएको यी तथ्यबाट पुष्टि हुन्छ। त्यतिबेला पटाकाको प्रयोग शिकार र हात्तीहरूको लडाइँमा हुने गर्थ्यो। मुगल शासनपछि नै पटाका र आतिशबाजीलाई सहज पहुँच र प्रयोग वस्तु बनाइएको चाहीँ सत्य हो।

मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.