काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर धनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
Advertisement
यसमा बैंकका विद्यमान संस्थापक सेयर धनीले आवेदन दिन सक्ने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गतेबाट ३५ दिनभित्र आवेदन दिनु पर्छ ।
इच्छुक संस्थापकले आवश्यक कागज पत्रसहित बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनु पर्ने छ ।
तोकिएको समयमा संस्थापक सेयर धनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।