काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको जोशीपुर गाउँपालिका ६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् ।
उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
खेतमा पानी हेर्न गएका उनी नफर्केपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा शव फेला परेको हो ।
डोटीको बडिकेदार गाउँपालिका ३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बडिकेदार गाउँपालिका ३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो ।
बर्दियाको बाँसगढी नगरपालिका १ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका ६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।