काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
Advertisement
उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले हिरासतमा राख्न अनुमति दिएको हो । उनीविरुद्ध एक १७ वर्षीय किशोरीले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
सन्दीपलाई गत बिहीबार प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।