काठमाडौँ । हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नौ जनाको उम्मेद्वारी दर्ता भएको छ । जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार २८१ पुरुष र तीन हजार ४९८ जना महिला गरी कुल ६ हजार ७७९ मतदाताले आ आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा ‘क’मा एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा, कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेद्वारी परेको छ ।
त्यसैगरी प्रदेश सभा ‘ख’मा गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेद्वारी परेको छ ।