काठमाडौं- एमाले पूर्वउपमहासचिव तथा पूर्वकृषि मन्त्री घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर ३ बाट टिकट नपाउने निश्चित भएको छ।
Advertisement
उनको ठाउँमा एमालेले राप्रपाका उम्मेदवार दीपक बोहरालाई सघाउने भएको छ। भुसालले ०७४ सालको निर्वाचनमा बोहरालाई नै हराएका थिए। एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पनि यसपटक टिकट पाएनन्।
शुक्रबार साँझ एमाले अध्यक्ष केपी ओली निवास, बालकोटमा एमाले र राप्रपाबीच भएको छलफलमा रुपन्देही ३ राप्रपालाई छाड्ने सहमति भएको हो। झापा-३, रुपन्देही-३ र बाँके-२ राप्रपालाई दिने विषयमा ओलीले सहमति दिएको बालकोट स्रोतले जनाएको छ।