काठमाडौं- केपी ओली नेतृत्वको तत्कालीन सरकार टिकाउन सांसद अपहरणको बात लागेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई एमालेले काठमाडौं क्षेत्र नम्बर ६ को उम्मेदवार बनाउने भएको छ।
Advertisement
उनी गत ६ असोजमा औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए। उनले जसपाका तत्कालीन सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएका थिए।
२०७७ सालमा कोभिड महामारी रोकथामका लागि लकडाउन गरिएको बेला उनी, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर डा. यादवलाई काठमाडौं ल्याएका थिए।
त्यतिबेला जसपाले आफ्ना सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो। सत्ता गठबन्धनबाट काठमाडौं–६ मा कांग्रेस नेता भीमसेनदास प्रधान उम्मेदवार बन्दै छन्।