काठमाडौं- चन्द्रागिरि नगरपालिका-२ ध्यान केन्द्रनजिक शुक्रबार बिहान गएको पहिरोले टहरो पुरिँदा तीनजनाको मृत्यु भएको छ।
Advertisement
मृत्यु हुनेहरूमा टहरोमा बस्ने काभ्रे धुलिखेल नगरपालिका-१२ संखुपिल्लेका ५२ वर्षीय राजेश श्रेष्ठ, उनकी ४५ वर्षीया श्रीमती रेखा श्रेष्ठ र २ वर्षीया छोरी सारथी श्रेष्ठ छन्।
प्रहरी वृत्त कीर्तिपुर र नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको टोलीले पहिरो पन्छाएर उनीहरूको शव निकालेको थियो।