काठमाडौं- प्रतिनिधिसभामा सत्ता गठबन्धनविरुद्ध कडा रूपमा प्रस्तुत हुने निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले पनि एमाले परित्याग गरेकी छन्।
Advertisement
उनले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उक्त क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिने भएपछि गंगाले पार्टी परित्याग गरेकी हुन्।
सोही क्षेत्रबाट प्रतिनिधिसभातर्फ उम्मेदवार आकांक्षी रेवतीरमण शर्मालाई एमालेले प्रदेशमा उठाउने भएको छ। आफूलाई कतै नसमेटिएपछि गंगा चौधरीले पार्टी नै परित्याग गरेकी हुन्।
आफ्नो क्षेत्रमा आफूभन्दा सक्षम अर्को उम्मेदवार नभएको उनको भनाइ छ। उनले पार्टी सदस्यताबाट राजीनामा दिइसकेकी छैनन्।