काठमाडौं- हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई शुक्रबार हेलिकोप्टरबाट उद्धार गरिएको छ।
Advertisement
लाङटाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो।
उनलाई डाइनेस्टी एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौं ल्याएको हो। रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी उनको नाडीमा चोट लागेको छ।