• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

दुर्गमको हिल स्टेसन नाम्चेलाई दशैंभन्दा पर्यटक सत्कारको चटारो


बुधबार, असोज १९, २०७९ मा प्रकाशित

काठमाडौ- काठमाडौंदेखि १३७ किलोमिटर दूरीमा पर्छ, नाम्चे बजार। विश्वको सर्वाेच्च शिखर सगरमाथा प्रवेशद्वार नाम्चे बजार पुग्न त्यति सहज छैन।

Advertisement

बाह्रै महिना पर्यटकको चहलपहल भइरहने पर्यटकीय क्षेत्र नाम्चे बजारवासीले दशैं कसरी मनाउँछन् होला। खुल्दुली हुनु स्वाभाविकै हो।

नेपालको पर्यटकीय गन्तव्यमध्येको एक मुख्य गन्तव्य नाम्चे बजार हो, जहाँ हजारौँ विदेशी एवम् स्वदेशी पर्यटक पुगिरहेका हुन्छन्। दशैंसँगै अहिले नाम्चे बजारमा पर्यटकको चहलपहल छ। विदेशी पर्यटकहरू नेपाल घुम्न आउने मुख्य समय नै यही हो। नोभेम्बरसम्म पर्यटकको चहलपहल भइरहने होटल नाम्चे बजारका राजीव मगरले बताए।

नाम्चे बजारमा हिन्दूभन्दा बौद्ध धर्म मान्नेहरूको बाहुल्य छ। यसले गर्दा पनि दशैंको खासै रौनक नहुने मगर बताउँछन्। विदेशी एवम् स्वदेशी पर्यटकहरू हिमालको दृश्य हेर्न, घुमघामका लागि आउने भएकाले दशैंतिर खासै ध्यान नजाने होटल व्यवसायीहरूको भनाइ छ।

सेप्टेम्बर अन्तिमदेखि नोभेम्बर महिना पर्यटकीय सिजन हो। यो समयमा नेपालमा धेरै मात्रामा विदेशी पर्यटक घुम्न आउने गर्छन्। यहाँका व्यवसायीलाई यो समय दशैंभन्दा पर्यटकको स्वागत सत्कार गर्ने चटारो हुन्छ।

अहिले पर्यटकले भरिभराउ नाम्चे बजार व्यस्त छ। सोलुखुम्बूको खुम्बु-पासाङल्हामु गाउँपालिकाभित्र पर्ने नाम्चे बजार पुग्न काठमाडौदेखि जहाज, गाडी र पैदल यात्रा आवश्यक हुन्छ।

काठमाडौदेखि लुक्लासम्म जहाजको उडान हुन्छ। सडकको बाटोबाट जाने हो भने काठमाडौंबाट फाप्लु हुँदै खहरे खोलाबाट पुग्न सकिन्छ। जहाजमा गए पनि एकैदिनमा नाम्चे बजार भने पुग्न सकिँदैन।

विदेशीहरू लुक्लाबाट २ दिन हिँडेर नाम्चे पुग्छन। स्वदेशी पर्यटक अथवा हिँड्न सक्नेहरू भने लगभग ६ घण्टामा लुक्लाबाट नाम्चे पुग्छन्। कच्ची सडकबाट जाँदा काठमाडौंदेखि सल्लेरी, फाप्लुसम्म ८ देखि ९ घण्टामा पुग्न सकिन्छ। सल्लेरीबाट ५ देखि ६ घण्टा गाडीको यात्रापछि खहरे खोला पुगिन्छ। खहरे खोलाबाट २ दिन मज्जाले हिँडेपछि नाम्चे बजार पुगिन्छ।

पर्यटकहरू बाह्रै महिना आउजाउ गरिरहने भएकाले नाम्चे बजारमा धेरैजसो होटलहरू सञ्चालनमा छन्। हिजोआज छिटफुट रुपमा होमस्टेहरू पनि सञ्चालनमा ल्याएका छन्।

कस्तो सेवा सुविधा भएको होटल छनोट गरिन्छ, त्यहीअनुसारको पैसा लाग्ने हिमालयन शेर्पा लज एन्ड रेस्टुराँका सञ्चालक डिकु शेर्पाले बताए। दैनिक कोठाभाडा र खाना जोड्दा सामान्यतया २५ सय देखि ५ हजारसम्म खर्च लाग्ने शेर्पाको भनाइ छ।

डिकु शेर्पाका अनुसार नाम्चे बजारका बौद्ध धर्म मान्नेहरूले दशैं मनाउँदैनन्। ‘मारको दिन गुम्बामा गएर बत्ती बाल्छौं,’ उनले भने, ‘काटमार, टीका लाउँदैनौ।’

नाम्चे बजारमा होटल सञ्चालन गरिरहेका हिन्दू धर्म मान्नेहरू भने दशैं खुलेरै मनाउने गर्छन्। दशैं मनाउनेहरूले आफ्ना पाहुनाहरूलाई टीका लाएर रमाइलो गर्ने गरेको होटल व्यवसायीहरू बताउँछन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार नाम्चे बजारमा बसोबास गरेका बुद्ध धर्म मान्नेले दशैं मनाउँदैनन्। नाम्चेमा सरकारी कार्यालय, प्रहरी, विद्यालय, सैनिक ब्यारेक पनि भएकाले उनीहरूले दशैं मनाउने गर्छन्। हिन्दू धर्म मानेकाहरूले आयोजना गर्ने कार्यक्रममा इच्छाअनुसार सहभागी हुने गर्छन्। नाम्चे बजार समुद्री सतहदेखि तीन हजार ४३१ मिटरको उचाइमा छ।

बुधबार, असोज १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.