हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका-६ कुइटोलस्थित ससुराली आएका युवकको लडेर मृत्यु भएको छ।
Advertisement
मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ का २८ वर्षीय महेन्द्र दोङ रहेको प्रहरीले जनाएको छ।
१६ असोजमा श्रीमतीसहित ससुराली आएका दोङको १७ असोज साँझ ५ बजे ससुराली घरनजिकै हिँड्दै गर्दा अचानक लडेर मृत्यु भएको हो। उनी केही वर्षदेखि उच्च रक्तचापका बिरामी रहेको र औषधि सेवन गरिरहेको खुलेको प्रहरीले जनाएको छ।