• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

दशैंका रंगहरू : कतै रातो, कतै सेतो र कतै पहेंलो किन?


बुधबार, असोज १९, २०७९ मा प्रकाशित

काठमाडौं- नेपालमा बसोबास गर्ने जाति, भूगोल र परम्पराअनुसार आ-आफ्नै तरिकाले मनाइन्छ, दशैं। नेपालीका लागि दशैं राष्ट्रिय चाड हो।

Advertisement

हिमाल, पहाड र तराई तीनै क्षेत्रमा बसोवास गर्नेहरूको दशैं मनाउने विधि, तौरतरिका फरक छन्। कतै देवीको पूजा आराधनासहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा नराखेर जात्रा, आफन्त भेटघाट र मिठो परिकार खाएर मात्रै पनि मनाइन्छ।

दशैं भन्नेबित्तिकै ठूलाबडाका हातबाट टीका र आशिर्वाद थाप्ने भन्ने बुझिन्छ। दशैंमा समुदायअनुसार रातो, सेतो, पहेंलो र कालो टीका लगाउने चलन छ। दशैंलाई मुख्य चाडको रूपमा मनाउने हिन्दू धर्म मान्ने धेरैजसोले रातो टीका लगाउँछन् भने आदिवासी जनजाति समुदायले सेतो टीका लगाउने गरेका छन्। ब्राह्मण र क्षत्री समुदाय रातो टीका लगाउने समुदायका हुन् भने तामाङ, मगर, लिम्बू, राई, गुरुङ र थारू समुदायले सेतो टीका लगाउँछन्।

पछिल्लो समय रातो र सेतो टीका लगाउनेबीच विवाद देखिन्छ। संस्कृतिविद् जगमान गुरुङका अनुसार नेपालमा अबिर नबन्ने भएकाले पहिले-पहिले सबैले सेतो टीका नै लाउने गरेका थिए। घरमा भएको दही र चामल मुछेर टीका लाउने प्रचलन थियो। विस्तारै नेवार समुदाय व्यापारका लागि भारत जान थालेपछि भारतबाट ल्याएको अबिर प्रयोग गरेर रातो टीका लाउन शुरु गरिएको उनी बताउँछन्।

‘रातो भनेको रगत हो, हामीले रातो टीका लगाउन हुँदैन’ भनेर आदिवासी जनजातिले गर्ने तर्क यसको अपव्याख्या रहेको उनको भनाइ छ। वास्तवमा रातो टीका भनेको मगर, गुरुङ, राई र लिम्बूलगायत आदिवासी जनजाति समुदायको रहेको उनको तर्क छ। गुरुङ र मगरले नागलाई पनि भोग दिएर पूजा गर्ने चलन छ। ‘नागनागिनी देवी देउराली पूजा गर्दा त्यहाँ कुखुराको भाले अथवा पोथी, परेवा र बोका र भेडाको भोग दिँदा टाउकोको रगत थालमाथि रहेको अक्षतामा चुहाउँछन्,’ उनी भन्छन्, ‘त्यसकारण रगतले मुछेको टीका लगाउने समुदायमा यिनीहरू पर्छन्। तर, त्यो रातो अबिर भनेको रगत हो भनेर भनिएको भने अपव्याख्या हो।’

उनको बुझाइमा क्षत्री, ब्राह्मण समुदायको थातथलो दुल्लु दैलेख हो। उनीहरू विस्तारै बसाइँ सर्दै पूर्वतिर आए। दुल्लु दैलेखका ब्राह्मणले अझै पनि चामल, दहीमा बेसार मोलेर पहेंलो टीका लगाउने गरेका छन्।

हिमाली क्षेत्रको दशैं

नेपालको हिमाली क्षेत्रमा भने दशैं मनाइँदैन। हिमाली क्षेत्रमा जमरा राखेर टीका लाउने चलन नरहेको गुरुङ बताउँछन्। मनाङमा झावासावा मनाइन्छ। मनाङको मनाङ गाउँमा दशैंको टीकाको दिनमा एउटा भेडा काटेर त्यसको खोले बनाएर त्यहाँ ढावाछावाङ, भद्रभलादमी बसेर जाँड खान्छन्। उनीहरूले त्यसलाई दशैं मानेको भन्दैनन्, राजा मानेको भन्छन्।

यस्तै, मुस्ताङ र मुक्तिनाथदेखि दक्षिणपट्टि लुब्रा गुम्बा छ। लुब्रा गाउँमाथिको पखेरामा बडादशैंको महाअष्टमीको दिन भूमि पूजा गर्ने चलन छ। तर, त्यहाँ टीका लाउने चलन छैन।

मध्य पहाडी भूभाग र मधेशमा जमरा राखेर टीका लाउने चलन छ। सेतो टीका लगाएकाहरूले पुरानै परम्परालाई निरन्तरता दिएको संस्कृतविद गुरुङ बताउँछन्।

बुधबार, असोज १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.