श्रीनगर- भारतका केन्द्रीय गृहमन्त्री अमित शाह जम्मू कश्मीर भ्रमणमा रहेकै समयमा प्रहरीका एक महानिर्देशक (डीजीपी)को रहस्यमय हत्या भएको छ।
कारागारतर्फका डीजीपी हेमन्त लोहियाको हत्या गरिएको शव उनको निवासमा बरामद भएको छ। धारिलो हतियारबाट उनको घाँटी रेटिएको पाइएको प्रहरीले जनाएको छ।
उनका घरेलु कामदार फरार छन्। हत्याको कारण खुल्न सकेको छैन। प्रहरीले आफ्नै महानिर्देशकको हत्यामा संलग्नको खोजी थालेको छ। घरेलु कामदार पक्राउ परेपछि त्यसको रहस्य खुल्ने अनुमान प्रहरीको छ।
केन्द्रीय गृहमन्त्री नै राज्यको भ्रमणमा रहेका बेला भएको यस हत्याले जम्मू कश्मीरको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। डीजीपी लोहिया आईपीएस अधिकृत हुन्छ। उनलाई दुई महिनाअघि जेलतर्फका महानिर्देशक बनाइएको थियो। र, शहरी इलाकाभन्दा बाहिर उदयवाला भन्ने ठाउँमा उनको सरकारी आवास थियो।