काठमाडौं- अमेरिकी डलरको मूल्य सोमबार पनि ऐतिहासिक विन्दुमै अडेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार नेपाली बजारमा डलर १ को खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा छ।
यस्तै, कुवेती दिनार सबैभन्दा महँगो अर्थात १ को खरिद दर ४१८ रुपैयाँ ९७ पैसा र बिक्री दर ४२० रुपैयाँ ९० पैसा छ। बहराइनको दिनार १ को खरिद दर ३४४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४६ रुपैयाँ छ।
युरो १ को खरिद दर १२७ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ८५ पैसा छ। साउदी रियाल १ को खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७१ पैसा छ।
कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा छ। यूएईको दिराम खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री ३५ रुपैयाँ ५२ पैसामा भइरहेको छ। मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ र बिक्री दर २८ रुपैयाँ १३ पैसा छ।