• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

‘कुछी भोज’मा रमाउँदै नेवार समुदाय


सोमबार, असोज १७, २०७९ मा प्रकाशित

काठमाडौं- बडादशैंले हिन्दू धर्मालम्बीहरूको घर-आँगनमा खुशीयाली छाएको छ। सबैजना आ-आफ्नो परम्परा र चाल-चलनअनुसार दशैं मनाउन जुटेका छन्।

Advertisement

बडादशैंको आठौं दिन अर्थात् अष्‍टमीमा नेवार समुदायमा भने ‘कुछी भ्वय’ (कुछी भोज) खाएर मनाउने चलन छ। नेपाल भाषामा कुछीको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो। महाअष्‍टमीको दिन विशेष गरेर केराको पातमा नेवारी विभिन्‍न परिकारको भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्त्व रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

उनका अनुसार नेवार समुदायमा समय-समयमा भोज भइरहने भए पनि कुछी भोजलाई महाभोजका रूपमा लिइन्छ। कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरि चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। यस भोजमा केराको पातको महत्त्व धेरै छ।

सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स-साना दुईथरि चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौंला, भटमासलगायत परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्‍ने र मासको बाराको सट्टा केराउको बारा राख्‍ने प्रचलन छ।

दशैंको आठौं दिन अष्‍टमीमा नेवार समुदायले खाने विशेष प्रकारको भोज हो, कुछी भोज। ‘कूल’ भनेको आफ्नो कूलका सगोत्री र ‘छी’ भनेको बसेर खाने हो,’ संस्कृतिविद् धौभडेल भन्छन्, ‘कुलका सबैजना मिलेर खाइने भोज भएकाले कुलछी र त्यसबाट अपभ्रंश भै अहिले कुःछी भोज रहन गयो। यस भोजमा घरको सबैभन्दा ठूलो मान्छे सबैभन्दा माथि वा शुरुमा बसेपछि क्रमबद्ध रूपमा अन्य व्यक्तिहरू सुकुलमा बस्छन्।’ घरको कान्छो मान्छे सबैभन्दा अन्तिममा बस्ने चलन रहेको धौभडेलले बताए।

उनका अनुसार अपभ्रंश भएर कुलछी भोज कुछी भोज हुन पुग्यो। कुछी भोजमा सबैभन्दा महत्त्वपूर्ण सामान भनेको केराको पात हुन्छ।

नेवार समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने गर्छन्। कतिपय नेवार समुदायले दशैंैमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गरेको उनी बताउँछन्।

कुछी भोजले परिवारका सदस्यको मिलनको संकेत गर्छ। संयुक्त परिवारमा ठूलादेखि सानासम्म माया-प्रेम कायम राख्‍ने कुछी भोजको सामाजिक महत्त्व पनि छ।

टाढा रहेकाहरू आफन्तहरू अन्य भोज वा अवसरमा नआए पनि देवालीको भोज र कुछी भोजमा भने अनिवार्य उपस्थिति हुन्छन्। सगोत्रीको भोज भएका कारण पनि यस भोजमा परिवारका सदस्य जहाँ भए पनि अनिवार्य रूपमा आउनैपर्ने मान्यता रहेको संस्कृतिविद् धौभडेलको भनाइ छ।

उनका अनुसार कुछी भोजले एकै समयमा परिवारका सबै सदस्यलाई जोडेर राख्छ। अन्य समयमा परिवारका सदस्यबीच मतभेद भएको भए पनि यस भोजमा रिस, राग, वैमनश्य सबै बिर्सेर आपसमा सदभाव कायम गरिन्छ।

परिचय नभएका परिवारका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम गर्ने विशेष मौका कुछी भोजले जुराइदिने उनको भनाइ छ।

सोमबार, असोज १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.