काठमाडौं- ब्यारेकमै महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा धादिङमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।
Advertisement
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख इन्स्पेक्टर अपुर्व ढुंगाना पक्राउ परेका हुन्। उनीविरुद्ध आफ्नै अंगरक्षक महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको उजुरी परेको छ।
पीडित महिला प्रहरीको उजुरीका आधारमा छानविनका लागि जिल्ला प्रहरी कार्यालय, धादिङ लगिएको छ। आफू बस्ने क्वार्टरमै गएर ढुंगानाले जबर्जस्ती करणी गरेको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन्।