• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

निवर्तमान सांसदहरू भन्छन्- महिलालाई समानुपातिकमा सीमित नराख


    Avatar photo
शनिबार, असोज १५, २०७९ मा प्रकाशित

सुर्खेत- आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन महिला नेतृहरूले माग गरेका छन्।

Advertisement

कर्णाली फाउन्डेसनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनीहरूले महिलालाई समानुपातिकमा मात्र सीमित नगर्नसमेत आग्रह गरे।

कैलालीबाट निर्वाचित निवर्तमान सांसद लक्ष्मी चौधरीले महिलाहरू राजनीतिमा सक्षम भए पनि केही अन्धविश्वास र परम्परागत सामाजिक मान्यताले पछाडि परेको बताइन्। संविधानमा महिला सहभागिता सुनिश्चितता गरिए पनि व्यवहारमा कुनै पनि राजनीतिक दलले कार्यान्वयन नगरेको उनको भनाइ छ। ‘संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि कार्यान्वयनका लागि पार्टीभित्रै लड्नु परेको छ,’ उनले भनिन्, ‘हरेक पार्टीमा कोटा पूरा गर्न मात्र महिला सहभागिता देखाउने गरिएको छ।’

महिलाहरू प्रत्यक्षमा चुनाव लड्न सक्षम भए पनि दलहरूले आर्थिक हिसाब खोज्ने गरेको गुनासो गरिन्। ‘हामीले प्रत्यक्षमा चुनाव लड्न खोज्दा महिलाले पैसा खर्च गर्न सक्दैनन् भनेर टिकट नै दिइन्न, महिलालाई विश्वास नै नगर्ने नेतृत्वका कारण समस्या भएको छ,’ उनले भनिन्। नेपालका सबै राजनितक दलले प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत महिलालाई टिकट दिएर प्रतिस्पर्धा गराउनुपर्ने बताइन्।

दैलेखबाट समानुपातिकतर्फ निर्वाचित सांसद पार्वती विसुंखेले आफूहरू प्रत्यक्षतर्फ चुनाव लड्न तयार रहेको भए पनि दलहरूले पत्याउने अवस्था नभएको बताइन्। महिलालाई समानुपातिकमै सीमित गर्न खोजिएको उनको बुझाइ छ। ‘म प्रदेशसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्छु। तर, नेतृत्वले महिलालाई अवसर दिने संकेत छैन,’ उनले भनिन्, ‘प्रत्यक्षमा ३३ प्रतिशत हिस्सा नपाए महिलाले दलभित्रै अन्तरसंघर्ष र विद्रोह गर्नेछौं।’

एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी उनले समानुपातिक सांसदलाई संसदमै हेपाह व्यवहार गरिएको अनुभव सुनाइन्। प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचित सांसदहरूलाई भेदभाव गर्ने गरिएको उनको भनाइ छ। बजेट निर्माण र त्यसको कार्यान्वयनका लागि समेत विभेद गरिएको उनको अनुभव छ। दलहरूले युवा र महिलालाई अवसर दिन आनाकानी गर्ने गरेको उनले गुनासो गरिन्।

दाङबाट समानुपातिकतर्फ निर्वाचित कांग्रेस सांसद विमला नेपालीले पाँच वर्षसम्म संसदमा काम गर्दा आफूहरू अनुभवी बनेको बताइन्। संसदीय समितिमा समेत काम गरेर ज्ञान हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न आफूहरू मानसिक रुपमा तयार रहेको बताइन्।

‘महिलालाई अब समानुपातिकको सिटमा मात्र सीमित नगरियोस्,’ उनले भनिन्, ‘हामीलाई प्रत्यक्षतर्फ पनि टिकट दिइयोस्। यदि पार्टीले प्रत्यक्षमा टिकट नदिए दलभित्रै संघर्ष र विद्रोह गर्न हामी तयार छौं। यस्तो अवस्थामा फरक दलको भए पनि महिला उम्मेदवारलाई जिताउन सबै पार्टीका महिलाहरू एक हुनेछौं। यसतर्फ सबै दलहरू बेलैमा गम्भीर बनून्।’

पाँच वर्षसम्म प्रतिनिधिसभामा काम गरेर अनुभव हासिल गरेको, जनतासँग निकट रहेको, विकासका मुद्दामा पैरवी गरेको र जित्ने सम्भावना भएकाले पनि आफूले प्रत्यक्षतर्फ टिकट पाउनुपर्ने महिला सांसदहरूको दाबी छ। कर्णाली प्रदेशसभा सदस्य पद्‍मा खड्का र अमृता शाहीले पनि आफ्नो कार्यकालका अनुभव सुनाएका थिए।

शनिबार, असोज १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.