काठमाडौं- साझा यातायातले ल्याउने थप ३७ वटा बिजुली बस चीनबाट नेपालतर्फ हिँडेका छन्। साझा यातायातका अनुसार ती बस सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल भित्रिने छन्।
तीनवटा बिजुली बस चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो। साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा दिइरहेका छन्।
चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दी गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो। तीमध्ये तीनवटा पहिलो चरणमा नेपाल ल्याइएको थियो।
कोदारी हुँदै न्यान्जिङ्ग–काठमाण्डौं यात्रा शुरु, साझा यातायातका ३७ बिजुली बस @ Sajha Yatayat’s 37 CHTC EV departing Nanjing manufacturing plant for Kathmandu via Kodari-Zhangmu landport.#मर्यादितयात्रा #DignifiedPublicTransport pic.twitter.com/hx0G11dVvs
— Sajha Yatayat (@SajhaYatayat) September 30, 2022