काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले वृद्धि भएको हो ।
Advertisement
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो । बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि भएको थियो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य बढ्दै प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।