धनगढी- बिहीबार साँझ दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
Advertisement
मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिका-५ तिम्ला जाँदै गरेको म१ ज२३३ नम्बरको बोलेरो साँझ साढे ८ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा अपिहिमाल गाउँपालिका-६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बोलेरोमा सवार आठजनाले भने हाम फालेर ज्यान बचाएका छन्। बोलेरो सडकबाट करिब २ सय मिटर तल खसेको छ।