काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने निर्णय नेपाल बार एसोसिएसनले गरेको छ। जबराले भने जसरी पनि अदालत पुगेर नियमित काममा फर्किने बताएका छन्।
Advertisement
चोलेन्द्रले ११ बजे अदालत पुग्ने बताएका छन्। बारले भने उनलाई अदालत परिसरमा छिर्न नदिने निर्णय गरेको छ। आइतबार बिहान बसेको बारको आकस्मिक बैठकले उनलाई अदालतमा छिर्न नदिने निर्णय गरेको हो।
आफूमाथि लागेको महाभियोगको कारवाही समाप्त नहुन्जेल जबराले नियमित काममा फर्किन मिल्दैन। तर, उनी जबर्जस्ती अदालत पुग्ने तयारीमा देखिएका छन्। आफूमाथि लागेको महाभियोग निस्तेज भइसकेको उनको दाबी छ। उनले सर्वोच्चका कर्मचारीलाई आफू नियमित काममा फर्किन लागेकाले तयारी गर्न मौखिक उर्दी जारी गरेका छन्।