काठमाडौं- घरमै बसी-बसी पनि ग्रिल्ड चिकेन बर्गर बनाउन सकिन्छ। प्रायः विदाको दिनमा सपरिवार मिलेर मिठा परिकार बनाउँदै खाने प्रचलन छ। त्यसका लागि घरकै किचेनमा पनि ग्रिल्ड चिकेन बर्गर बनाउने तरिका यस्तो छ ।
आवश्यक सामग्री
(१) ग्रिल्ड चिकेन
(२) टमाटरको स्लाइस बनाउने
(३) पिकल कुकम्बर (गालेको र स्लाइस गरिएको काँक्रो)
(४) सलाद पत्ता
(५) होम मेड मायोनेक सस (घरमै बनेको ताजा मायोनेक सस)
(६) होम मेक बर्गर बन
(७) मेल्टेड चिज

बनाउने तरिका
चिकेनलाई ग्रिल्ड गरी ओभनमा राखेर पकाउने। र, चिजलाई पगाल्ने। त्यसपछि बर्गरमा एरेन्ज गर्ने। बर्गर बोनलाई टोस्ट गर्ने। त्यसपछि मायोनाइज हाल्ने। त्यसपछि टमाटर, स्लाइस कुकम्बर, सलाद पत्ता हाल्ने। अनि चिकेनमा पगालेको चिज हाल्ने। र, त्यसलाई सबै सँगै राखेर एरेन्ज गर्ने। अनि खाने।
(लेखक सेफ्स बर्गर नेपालका सञ्चालक तथा हेड कुक हुन्)
हेर्नुहोस् भिडियो