नयाँदिल्ली- ६ मे, २०२२ मा भारत केरलाको के कोल्लम जिल्लामा टोमाटो फ्लुको पहिलो केस पुष्टि भयो ।
यस्तै, २६ जुलाईमा केरलामा पाँच वर्षभन्दा कम उमेरका कुल ८२ बालबालिकामा टोमाटो फ्लु पुष्टि भएको छ । यसैगरी २३ अगस्टमा भारतमा एक सयभन्दा बढी केसहरु पुुष्टि भइसकेको छ । केरलासँगै ओडिसा, तमिलनाडु र हरियाणा राज्यमा पनि टोमाटो फ्लु फैलिएको छ ।
केरलापछि टोमाटोका सबैभन्दा बढी बिरामी हाल ओडिसामा देखिएका छन् । यहाँ १–९ उमेर २६ जना बालबालिकामा फ्लु देखिएको हो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सबै राज्यमा ‘टोमाटा’ फ्लुसँग सम्बन्धित जानकारी दिइएको छ । यस रोगको लक्षण, बच्ने उपायबारे सर्वसाधारणलाई सजग गरिएको छ ।
के हो टोमाटो फ्लु ?
शरीरका विभिन्न भागमा टमाटर रङका स–साना फोका आउँछन् । शुरुवातमा फोका सानो आकारको भए विस्तारै आकारमा वृद्धि भई टमाटर जस्तो देखिन्छ । जसरकारण यसलाई टोमाटो नाम दिइएको छ ।
टोमाटो फ्लु कुनै छुट्टै वा नयाँ प्रकारको रोग होइन तर यो हात, खुट्टा र मुखको रोग हो। सामान्यतया साना केटाकेटीहरू यो रोगको सिकार हुन्छन्।
धेरैमा यो टमाटरबाट लाग्ने रोग हो भन्ने भ्रम छ । तर, यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन ।