काठमाडौँ । भारतीय कमेडियन राजु श्रीवास्तवको अवस्था थप जटिल बनेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।
Advertisement
उनका पीआरओका अनुसार २३ घण्टाभन्दा बढी समयसम्म उनको मष्तिष्कले कुनै प्रतिक्रिया दिइरहेको छैन । उनको पल्स ६०–६५ को बीचमा रहेको छ भने मुटुको एक हिस्सामा ब्लकेज रहेको थियो ।
उनी जीममा व्यायाम गरिरहँदा मुटुमा पीडा भएर अस्पताल भर्ना भएका थिए । उनी भाजपामा समेत आबद्ध रहेका थिए ।