• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

विरामी मान्छे दिनभरि लाममा उभिए, उपचार नपाएर फर्किए


सोमबार, साउन २३, २०७९ मा प्रकाशित

बागलुङ । चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका १२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेपे ।

Advertisement

दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी जनरल सर्जन कहाँ पुगे । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए ।

भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिए । ठेलमठेल भीडमा घण्टौ उभिएपछि उनले पालो त पाए, तर ‘आज भिडियो एक्सरे हुँदैन’ भन्दै कर्मचारीले झ्यालबाटै फर्काइदिए । भिडियो एक्सरेलाई तोकिएको दैनिक ५० जनाको कोटा सकिएको भन्दै कर्मचारीले बिल काट्न नमानेको नेपालीले बताउँछन् ।

“यो कुरा हामीलाई पहिले भनिएन, पछि एक्कासी आज भिडियो एक्सरे हुँदैन भनेर फर्काए”, उनले भने, “बर्सातको बेला महँगो भाडा तिरेर गाउँदेखि आइएको छ, उपचार नगराई कसरी फर्कनु, बजारमा बस्नलाई पैसा छैन ।”

चिकित्सकले सिफारिस लेखेर पठाएपछि भिडियो एक्सरे हुँदैन भनेर बिरामीलाई फर्काउनु अस्पतालको लापरबाही भएको नेपालीको भनाइ छ । उनीसँगै लाममा उभिएकी बागलुङ १ की लीला कार्की पनि अस्पतालको अव्यवस्था देखेर बेचैन देखिएकी थिइन् । टोकन लिँदा, टिकट बनाउँदा, चिकित्सक कुर्दा, बिल बनाउँदा र औषधि लिँदा ठूलो झण्झट बेहोर्नु परेको उनले बताइन् ।

“दुई घण्टा भयो टिकट पाइएको छैन, डाक्टर भेटिने कहिले हो, उपचार पाउने कहिले ?” कार्कीले भने । कार्की स्त्रीरोग विशेषज्ञसँग स्वास्थ्य जाँच गराउन अस्पताल पुगेकी थिइन् । टिकट कक्षका कर्मचारीले पनि सेवालाई छिटोछरितो बनाउन नसकेकामा उनको गुनासो छ ।

उपचारका लागि घण्टौ लाम लागेका अरु बिरामी र उनीहरुका आफन्त पनि अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्ट देखिन्थे । अस्पताल व्यवस्थापनले बिरामीको समस्यालाई अनदेखा गरिरहेको उनीहरुको गुनासो थियो । अस्पतालको रेडियोलोजी विभागका सहयोगी स्वास्थ्यकर्मी अजिता पन्तले दिनमा ५० जना बिरामीको मात्र भिडियो एक्सरे हुने गरेको जानकारी दिए ।

“५० जनाभन्दा बढी बिरामी हेर्न डाक्टरले पनि भ्याउनु हुँदैन, पहिले टिकट काटेर पछि फर्काएको विषय हामीलाई थाहा भएन, त्यसको व्यवस्थापन टिकट कक्षबाटै हुनुपर्ने हो,” उनले भने । अस्पतालमा रेडियोलोजिष्टका रूपमा डा प्रशुन घिमिरे कार्यरत छन् । उक्त विभागमा जनशक्ति कम भएकाले पनि बिरामीको चाप थेग्नै धौधौ छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले आइतबार यसै पनि बिरामीको चाप बढी हुने हुँदा व्यवस्थापनमा केही अपुग भएको बताए । “जनशक्ति अभावको पुरानै समस्या छ, हामीले यो विषय पटकपटक सम्बन्धित पक्षसम्म पुर्‍याएका छौँ, तर सुनुवाइ हुनसकेको छैन,” उनले भने ।

टिकट कक्षमा हुने भीड र लाममा उभिनुपर्ने स्थितिको अन्त्यका लागि प्रविधिमा पोख्त र चुस्त जनशक्तिको प्रबन्ध गर्न लागिएको मेसु पोखरेलले बताए । उनले गण्डकी प्रदेश सरकारले दिएको नयाँ सफ्टवेयरमा अभ्यस्त हुन कर्मचारीलाई समय लागेकाले पनि सेवा प्रवाह छरितो हुन नसकेको बताए ।

“काउण्टरलाई सुधार गर्न योजना बनाएका छौँ, अब अहिलेको समस्या हट्छ, रेडियोलोजी विभागमा पनि जनशक्ति थप्नुपर्ने अवस्था छ, बिरामीको चाप यस्तै रूपमा बढ्दै जाने हो भने एकजना मात्र रेडियोलोजिष्टले भ्याउनै सक्दैन”, उनले भने, “अस्पतालप्रति जनविश्वास बढेर नै बिरामीको चाप बढेको हो, हामी सेवालाई अझ प्रभावकारी बनाउनतिर लाग्छौँ, भएका कमीलाई सुधार्छौं ।”

उपप्रादेशिक तहको यस अस्पतालमा १६ विशेषज्ञ चिकित्सक र छ जना मेडिकल अधिकृतको दरबन्दी छ। ११ विशेषज्ञ र ४ मेडिकल अधिकृत मात्र अस्पतालमा कार्यरत छन्। तीमध्ये पनि अधिकांश छात्रवृत्ति करारका चिकित्सक छन्।

  • विरामी
सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.