काठमाडौँ । अभिनेत्री नीता ढुंगाना आज विवाह बन्धनमा बाँधिने भएकी छन् । उनी अभिनेता तथा ज्योतिष हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिने भएकी हुन् ।
Advertisement
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त र सिमित व्यक्तिहरूमा मात्रै उपस्थित हुने भएका छन् ।
नीताले बुधबार मेहन्दी तथा संगीत समारोह आयोजना गरिएकी थिइन् । नीता र हरिहर केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।