काठमाडौँ । नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकिने भएको छ । भारतको सिक्किम सरकारले यस फिल्मलाई प्रदर्शन गर्न रोक लगाएको हो ।
Advertisement
मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ध्यान दिँदै प्रदर्शन रोक लगाउने निर्णय गरेको जानकारी दिएका हुन् ।
नेपालमा प्रदर्शन भइरहेको यो फिल्म सिक्किममा यही शुक्रबारदेखि प्रदर्शन हुने भएको थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्म गुरुले पत्रकार सम्मेलन गरी फिल्म प्रदर्शन गर्न माग गरेका थिए ।
‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।