‘प्रकाश’ फिल्मको टिजर ट्रेलर मंगलबार सार्वजनिक भएको छ।
Advertisement
मर्मस्पर्शी टिजरमा जुम्लाको एक विपन्न युवकले सरकारी शिक्षक बनेर बाबुको धोको र आफ्नै सपना पूरा गर्ने कथा पेश गर्छ।
एक मिनट ४५ सेकेन्ड लामो टिजरमा प्रदीप खड्का र दीया मास्के फिचर्ड छन्। फिल्मको मुख्य चरित्र प्रकाशको भूमिकामा प्रदीप र उनकी आमाको रोलमा दीया फिचर्ड छिन्।
निर्देशक दिनेश राउतले यसमा मानवीय भावनालाई ‘ट्रिटमेन्ट’ गर्ने प्रयत्न गरेका छन्। जुम्लाको भाषा, भेषभूषा र ल्यान्डस्केपमा फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका छन्।
बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन्। ‘प्रकाश’ आगामी १० भदौमा प्रदर्शनको तयारीमा छ।