सरकारले नेपाली मौलिक भाषा, साहित्य, संस्कृति झल्कने खालका गीत संगीत रचना गर्नेलाई प्रोत्साहन गर्ने भएको छ।
Advertisement
आइतबार संसदमा आर्थिक वर्ष ०७९-८०को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले चलचित्र सम्बन्धी पूर्वाधार विकासका लागि ‘दोलखा फिल्म सिटी’ आयोजनालाई सार्वजनिक-निजी साझेदारी अवधारणामार्फत निर्माण प्रक्रिया अगाडि बढाउने र काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याउने उनले बताए।