काठमाडौँ । नाबालिग कलाकारलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षमा रहेका अभिनेता पल शाहको थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ रोकिएको हो ।
Advertisement
नाबालिग कलाकारलाई पटकपटक बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी राखेको थियो । तर, तयारी नपुगेको भन्दै निवेदककै पक्षबाट पेसी स्थगित गराइएको हो ।
उक्त निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो ।