• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

भोटेकोशी बाढीबाट भएको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा शोक

अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ७. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ८. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

मोहम्मद डेमा रक्तदान : धनगढीबाट मानवताको सन्देश


    Avatar photo
बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

कैलाली। इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मदिनको सम्झनामा मनाइने मोहम्मद डे को अवसरमा धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । धर्मको सन्देशलाई मानव सेवासँग जोड्दै नेपाल नुरी जामा मस्जिद र गौसिया मस्जिदको आयोजनामा धनगढीको पृथ्वी नारायण चोक (धनगढी चौराहा) मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

रक्तदान कार्यक्रमअघि विभिन्न धार्मिक तथा सामाजिक सन्देशसहित नगर परिक्रमासमेत गरिएको थियो । नगर परिक्रमापछि आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको नेपाल नुरी जामा मस्जिदका अध्यक्ष डा. मेराज आलम अन्सारीले जानकारी दिए ।

अध्यक्ष अन्सारीले पैगम्बर हजरत मोहम्मदले मानवता, प्रेम, भाइचारा, सहयोग र सेवाको सन्देश दिएको उल्लेख गर्दै रक्तदानजस्तो मानवीय कार्यमार्फत त्यही सन्देशलाई व्यवहारमा उतार्ने प्रयास गरिएको बताए । उनका अनुसार, “रगतको कुनै धर्म हुँदैन । हामीले दिएको रगतले जुनसुकै धर्म, जात वा समुदायका बिरामीको ज्यान बचाउन सक्छ । त्यसैले मानव सेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन ।”

यस्तै, कार्यक्रममा सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत एवं सर्वाधिक सतक रक्तदाता दीपक उपाध्यायको समेत उपस्थिति रहेको थियो । उपाध्यायले धार्मिक पर्वलाई केवल धार्मिक गतिविधिमा सीमित नराखी मानव सेवासँग जोड्नु सकारात्मक उदाहरण भएको बताए ।

उनले भने, “मोहम्मद डे को अवसरमा आयोजना गरिएको रक्तदानले धर्मभन्दा माथि उठेर मानवताको सेवा गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । हामीले दिएको केही मिनेटको समय र केही थोपा रगतले कसैको जीवनमा नयाँ आशा थप्न सक्छ । रक्तदान नै जीवनदान हो, त्यसैले हरेक स्वस्थ नागरिकले नियमित रक्तदान गर्न प्रेरित हुनुपर्छ ।”

उपाध्यायले विभिन्न धर्म, समुदाय र संस्थाले आफ्ना विशेष अवसरलाई रक्तदान तथा अन्य मानवीय सेवासँग जोड्दै अघि बढेमा समाजमा आपसी सद्भाव, भाइचारा र मानवताको भावना अझ बलियो बन्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा स्थानीय नागरिक तथा युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमबाट संकलित रगतले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने आयोजकले जनाएको छ ।

धार्मिक आस्था र मानव सेवाको सुन्दर संगमका रूपमा सम्पन्न कार्यक्रमले “रगतको कुनै धर्म हुँदैन, मानवताको एउटै धर्म हुन्छ” भन्ने सन्देशसमेत दिएको छ ।

 

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१४ शिशुको मृत्युको अनुसन्धान सुरु
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
भोटेकोशी बाढीबाट भएको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा शोक
अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो
मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै

भर्खरै

  • १.
    १४ शिशुको मृत्युको अनुसन्धान सुरु

  • २.
    भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

  • ३.
    भोटेकोशी बाढीबाट भएको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा शोक

  • ४.
    अध्यागमन कार्यालयका ४ कर्मचारी अझै सम्पर्कविहीन

  • ५.
    भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

  • ६.
    मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै

  • ७.
    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

  • ८.
    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.