• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

विश्‍व घटना : अमेरिकामा भेटियो १४ फिट लामो गोही

राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

मनसुनयता सरदरभन्दा कम वर्षा

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ४. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ५. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ६. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ७. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ८. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • ९. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • १०. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

विश्‍व घटना : अमेरिकामा भेटियो १४ फिट लामो गोही


    Avatar photo
बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

काठमाडौं- आज २६ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १७६८- अस्ट्रेलिया पुग्‍ने पहिलो युरोपेली

सन् १७६८ मा आजकै दिन ब्रिटिस अन्वेषक जेम्स कुक अस्ट्रेलियाको खोजीमा निस्केका थिए। अप्रिल १९७० मा अस्ट्रेलियाको पूर्वी भेगमा पाइला टेकेर उनले त्यहाँ पुग्‍ने पहिलो युरोपेली नागरिकको रेकर्ड राखेका थिए। उनी १२ जुलाई १७७१ मा युरोप फर्केका थिए।

– सन् १८८३- इन्डोनेसियन ज्वालामुखीले लियो ३६ हजारको ज्यान

१४३ वर्षअघि सन् १८८३ मा आजकै दिन इन्डोनेसियामा विष्‍फोट भएको ज्वालामुखीले ३६ हजारजनाको ज्यान लिएको थियो। त्यसलाई ‘भोल्क्यानो क्राकाटोवा’ नाम दिएको थियो। ज्वालामुखी विष्‍फोटपछि आएको सुनामीले पनि जनधनको व्यापक क्षति गरेको थियो।

– सन् १९७८- अन्तरिक्षमा पुग्‍न पहिलो जर्मन

तत्कालीन पूर्वी जर्मनीका एयर फोर्स पाइलट सिग्मन्ड जानले सन् १९७८ मा पहिलोपटक अन्तरिक्षमा पुग्‍ने जर्मन नागरिकको रेकर्ड राखेका थिए। तत्कालीन सोभियत संघको मानवयुक्त ‘सोयुज ३१’ यानमा उनी अन्तरिक्षमा पुगेका थिए।

– सन् २०१९- डुब्दै गएको जाकार्ताबाट राजधानी सार्ने इन्डोनेसियाको प्रस्ताव

जलवायु परिवर्तनको असरका रूपमा अत्यधिक जनघनत्व रहेको जाकार्ताबाट राजधानी अन्यत्र सार्ने प्रस्ताव त्यहाँका राष्‍ट्रपति जोको विडोडोले अगाडि सारेका थिए। कालिमान्टानस्थित आइल्यान्ड अफ बोर्नियोमा राजधानी सार्न उनले प्रस्ताव गरेका थिए। केही वर्षभित्रै बोर्नियोमा राजधानी सार्न इन्डोनेसिया सरकार लागिपरेको छ।

– सन् २०२०- अफगान बाढीले लियो १०० को ज्यान

सन् २०२० मा आजकै दिन अफगानिस्तानमा आएको बाढीले कम्तिमा १०० जनाको ज्यान लिएको थियो। चारिकार नामक शहरमा आएको उक्त बाढीमा परी ५०० घर ध्वस्त भएका थिए।

– सन् २०२१- अफगानी विष्‍फोटमा गयो ७३ को ज्यान

सन् २०२१ मा आजकै दिन अफगानिस्तानको काबुल विमानस्थलमा भएको आत्मघाति बम विष्‍फोटमा ७३ जनाले ज्यान गुमाएका थिए। मारिनेमा ६० सर्वसाधारण र १३ अमेरिकी सैनिक थिए। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानविरोधी अफगानी नागरिकलाई देशबाहिर निकाल्ने प्रयासकै बीच उक्त आत्मघाति आक्रमण भएको थियो।

– सन् २०२३- अमेरिकामा भेटियो हालसम्मकै लामो गोही

सन् २०२३ मा आजकै दिन अमेरिकाको मिसिसिपीस्थित सनफ्लावर नदीमा हालसम्म रेकर्ड भएको मध्ये सर्वाधिक लामो गोही फेला परेको थियो। उक्त गोही १४ फिट ३ इन्च लामो थियो। र, तौल ३६४ किलो थियो।

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

भर्खरै

  • १.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

  • ४.
    विश्‍व घटना : अमेरिकामा भेटियो १४ फिट लामो गोही

  • ५.
    राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ६.
    विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

  • ७.
    दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

  • ८.
    विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.