बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको हत्या भएको छ।
Advertisement
जिल्ला प्रहरीका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका-५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका-७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ। घटना मंगलबार राति भएको हो।