नयाँदिल्ली- भारतमा भएका दुई वटा छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन्।
Advertisement
भारतको दक्षिणी राज्य तेलङ्गानामा मालबहाक गाडीले तिन पाङ्ग्रे सवारीमा ठक्कर दिँदा ५ महिलासहित ६ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
यसैबीच, भारतको मध्य प्रदेशमा भरिएको नालाले यात्रु बहाक गाडी बगाउँदा एउटै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको छ।
एक जना स्थानीय अधिकारीले यस क्षेत्रमा भारी वर्षा भएको कारण नाला भरिएको बताएका छन्।गाडीमा रहेका ११ मध्ये दुईजना पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएका छन्।